८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

पछिल्लो २४ घण्टामा ८९६० मा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

३० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५२०७ पुगेको छ । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३११९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : May 13, 2021 at 5:54 pm