कोरोना संक्रमित न्यायाधीश श्रेष्ठको निधन
३० वैशाख, काठमाडाैँ । कोरोना संक्रमणपछि उपचाररत काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । उहाँको उपचारका क्रममा बुधबार राति निधन भएको जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो । उहाँ कोरोना संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रकाशित मिति : May 13, 2021 at 10:24 am



