८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि दोस्रो चरणको खोप भोलिबाट

३० वैशाख, काठमाडाैँ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि दोस्रो चरणको खोप भोलि शुक्रबारबाट दिइने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले संघीय संसदको दुबै सदनका सदस्यहरूका लागि भोलिबाट कोरोना भाइरसको दोस्रो चरणको खोप दिने कार्य तय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ३१, जेठ १ र २ गते गरी तीन दिनसम्म खोप लगाउने कार्यक्रम रहेको छ । संघीय संसद भवन वानेश्वरमा आफ्नो खोप कार्ड साथमा लिएर विहान १० वजेदेखि अपरान्ह ४ वजेभित्र गएपछि सांसदहरूले खोप लगाउन पाउनुहुनेछ ।

प्रकाशित मिति : May 13, 2021 at 9:14 am