८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

बिध ल्याबले गर्यो टेकु अस्पताललाई एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि परीक्षण सुरु हुने

२९ वैशाख, काठमाडाैँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो ।

ल्याबकी इन्चार्ज डा. बिनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्षण हुनेछ ।

कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन् ।

प्रकाशित मिति : May 12, 2021 at 7:57 pm