३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सिरहामा दश हजार लिटर घरेलु मदिरा नष्ट

२१ असार, सिरहा । प्रहरीले सिरहाको लहान नगरपालिका– ५ मा ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट पारेको छ ।

अवैधरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्रीवितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

 

लहान नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि प्रहरीले नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ ।

लहान नगरपालिका वडा नं ५ धाती टोलको हरेक घरमा आधुनिक तरिकाबाट अवैध मदिरा उत्पादन भइरहेको सूचना पाएपछि छापामारी मदिरा उत्पादन गर्ने सामग्री र तयारी अवस्थामा राखिएको हजारौँ लिटर मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : July 5, 2018 at 2:11 pm