यस्ता पो जनप्रतिनिधिः चन्द्रागिरी १५ मा कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर
२९ वैशाख, काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ मा कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर पुग्ने भएको छ । वडा अध्यक्ष उत्तमबहादुर राउतले कोरोना संक्रमितको घरमै निशुल्क अक्सिमिटर पुर्याउने निर्णय गर्नुभएको हो ।
नेकपा एमालेका नेता समेत रहनुभएका अध्यक्ष रायतले कोरोनाको थप उपचारका लागि अक्सिजनको मात्रा जान्नु आवश्यक हुनेभएकाले अक्सिमिटर दिने निर्णय लिएको जानकारी दिनुभयो ।
उहाँले कोरोना संक्रमिति भएर घरमै बसेका वडावासीमा सार्वजनिक अपिल गर्दै अक्जिनको मात्रा ९२ भन्दा तल भए अस्पताल जान पनि सुझाव दिनुभएको छ । अक्सिमिटरका लागि वडा कार्यालयको ०१(४३१५००९ नम्बरमा फोन गर्न सकिनेछ । फोन गरेपछि वडा कार्यालयका कर्मचारीले घरमै अक्सिमिटर पुर्याइदिनेछन ।
प्रकाशित मिति : May 12, 2021 at 9:32 am



