कोरोनामुक्त हुनेको दर ७५.५ प्रतिशत
२९ वैशाख, काठमाडाैँ । नेपालमा कोरोनाबाट निको हुने दर ७५.५ प्रतिशत रहेको छ । मंगलबार कोरोना सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन ।
मंगलबार देशभरि कोभिड–१९ का नौ हजार ४८३ सङ्क्रमित थपिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो । मंगलबार थपिएको संख्यासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित भएका छन ।
प्रकाशित मिति : May 12, 2021 at 9:11 am



