८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द (सूचनासहित)

२८ वैशाख, काठमाडाैँ । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू जेठ १७ गतेसम्म बन्द रहने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंगलबार एक सूचना प्रकाशित गर्दै जेठ गते मध्यरातिसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने जानकारी दिनुभएको छ । प्राधिकरणले सातामा दुइ उडान भारतमा भने हुने जानकारी दिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यसअघि वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको प्राधिकरणले जनाएको छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौँका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।

प्रकाशित मिति : May 11, 2021 at 6:33 pm