४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बहराइनका राजकुमारसहितको टोलीद्धारा सगरमाथा सफल आरोहण


२८ वैशाख, काठमाडाैँ । बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको जानकारी दिनुभयो ।

आरोहीहरु बिहान साँढे पाँच बजेदेखि पौने सात बजेसम्मको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जनाएको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार ०९:३२