नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा आरती चटौत
२७ वैशाख, काठमाडौँ । नेपाल टेलिभिजनको सञ्चालक समिति सदस्यमा टेलिभिजनकै निमित्त नायव महाप्रबन्धक आरती चटौत नियुक्त हुनुभएको छ । टेलिभिजनका कर्मचारीहरूको तर्फबाट चौटत टेलिभिजनको सञ्चालक सदस्यमा नियुक्त हुनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले मन्त्रीस्तरीय निर्णय गर्दै चौटतलाइ सञ्चालकमा नियुक्त गर्नुभएको हो । सञ्चालकका लागि टेलिभिजनकै देवी सापकोटा लगायतले पनि इच्छा जाहेर गर्नुभएको थियो ।
प्रकाशित मिति : May 10, 2021 at 4:48 pm



