संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकाल कोरोनामुक्त
२७ वैशाख, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकाल कोरोनामुक्त हुनुभएको छ । उहाँको सोमबार गरिएको स्वाब परीक्षणमा कोरोना (कोभिड १९) नेगेटिभ देखिएको हो ।
मन्त्री ढकाल आजै प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुभएको छ । उहाँले कोरोना संक्रमणको समयमा विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति : May 10, 2021 at 3:41 pm



