५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एसईई र कक्षा १२ को परीक्षा स्थगित


२७ वैशाख, काठमाडौँ । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ ।  अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको  बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनुभयाे । यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमितकाे संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा लिन नसकिने निष्कर्ष निकालेको हो। अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १०:४३