९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

ऐनले माधवलाई भनेः ओलीलाई खसीझैँ भुत्लाएर त्यही ओलीबाट माया र सम्मान चाहन्छौँ

२७ वैशाख, काठमाडौँ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल यतिखेर गोहीको आँशु चुहाउनुको अर्थ नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत कडा टिप्पणी सार्वजिनक गर्दै अध्यक्ष महरले त्यही ओलीबाट न्यानो माया र सम्मान खोज्न कति पनि किन लाज नलागेको भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ ‘तिमी चाहिँ नेतृत्वलाई एउटा पनि भुत्ला नरहने गरि तातो पानी हालेर अझ बेसार लगाएर न्वारन देखिको बल लगाएर खसी लाई भुत्लाए झै खुइल्याउछौ अनि नेतृत्व बाट चाहिँ मिठो अनि न्यानो माया र सम्मान चाहन्छौ।गज्जवको छ तिम्रो कुरा पनि १ बेला न कुबेलाको गोहिको आँसुको अर्थ छैन कमरेड ।’

 

प्रकाशित मिति : May 10, 2021 at 9:57 am