९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एमाले नेता झलनाथ खनाल कोरोनामुक्त, अस्पतालबाट घर फर्किन अझै केही दिन लाग्ने

२६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता झलनाथ खनाल कोरोनामुक्त हुनुभएको छ । आइतबार गरिएको स्वाब परीक्षणमा उहाँको नतिजा नेगेटिभ अाएको जानकारी दिनुभएको छ ।

उहाँ करिब एक हप्ता अघि कोभिड-१९ को लक्षण देखा परे पश्चात नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना  हुनुभएको थियो । डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण आज गरिएको कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभएको छ ।

उहाँले अहिले स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आराम पछि अस्पतालबाट घर फर्कने जानकारी गराउनुभएको छ । उहाँले अस्पतालबाट घर फर्कएछि काममा फर्किने पनि बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने नेता, कार्यकर्ता, आफन्त, पत्रकार, समर्थक तथा सुबेच्छुकहरु प्रति आभार प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : May 9, 2021 at 9:55 pm