माधव नेपाललाई शान्ताको प्रश्नः राजिनामा राजनीतिक सन्यास हो कि आत्मघाती गोल ?
२६ वैशाख, काठमाडाैँ । नेकपा एमालेकी नेतृ एवं संसदीय दलको सचेतक शान्ता चाैधरीले राजिनामा पत्र खल्ती बोकेर बरालीरहेका माधवकुमार नेपाल समूहका नेतासँग गम्भीर प्रश्न गर्नुभएको छ । उहाँले राजिनामा राजनीतिक सन्यास हो कि आत्मघाती गोल ? भनेर सोध्नु भएको छ ।
चाैधरीले सामाजिक सञ्जाल मार्फत राजिनामाको चटक बन्द गर्न अनुरोध पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘कमरेड जनमतको अपमान गर्दै आफ्नो पार्टीलाइ समेत धरासाही बनाएर आफ्नो पार्टीको सरकार ढालेर अरुलाइ सजिलो बनाइ दिने गलत नियतका साथ् राजिनामा आउदै छ भन्ने सुनिन्छ, यदि यो हल्ला सहि हो भने यो चटक बन्द गर्नुस।’
उहाँले अघि भन्नुभएको छ ‘खास मा भन्नु पर्दा व्यक्तिगत कुरा बाहेक अहिले सम्म कुनै राजनीतिक एजेन्डा दिन सक्नु भएन, पार्टी को अहधिबेशन सम्म कुर्न सक्नु भएन, अहिले फेरी जनताले दिएको मत को अपमान हुने काम हुदै छ भ्हन्ने सुनिन्छ। अब राजिनामा दिएर जनतामा कुन मुख देखाउनु हुन्छ? यो राजनीतिक सन्यास हो कि आत्मघाती गोल? अझै केहि भएको छैन, तत्काल मिलेर अघि बढ्नुस। जनताको अपमान नगर्नुस कमरेड ।’
प्रकाशित मिति : May 9, 2021 at 5:12 pm









