९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

काठमाडौँ उपत्यकामा थपिए ४१९८ कोरोना संक्रमित

२६ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३१६१ जना, भक्तपुरमा ५०४ जना र ललितपुरमा ५३३ जनामा काेराेना संक्रमित पुष्टि भएको हाे । नेपालमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : May 9, 2021 at 5:02 pm