९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

२४ घण्टामा थपिए ८८५० कोरोना संक्रमित, ५२ जनाको मृत्यु

२६ वैशाख, काठमाडौँ।  नेपालमा पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८८५० जनामा संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : May 9, 2021 at 4:51 pm