९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कांग्रेसको कोटामा पूर्व सचिव माधव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

२६ वैशाख, काठमाडाैँ । संवैधानिक परिषद्को आइतवार बसेको बैठकले लोकसेवा आयोगको अध्यक्षमा नेपाली कांग्रेसको कोटामा पूर्व सचिव माधव रेग्मीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले नेपाली कांग्रेसको कोटामा पूर्व सचिवको नाम सिफारिस गरेको हो ।

रेग्मी सर्वोच्च अदातलका न्यायाधीश कुमार रेग्मीका सहोदार दाजु पनि हुनुहुन्छ । रेग्मी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएपछि सर्वोच्चको न्यायाधशीमा सिफारिस हुनुभएको थियो । उहाँ पनि कांग्रेसकै कोटामा पर्नुभएको थियो ।

प्रकाशित मिति : May 9, 2021 at 2:04 pm