९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

संवैधानिक परिषद्को निर्णयः लोकसेवा र अख्तियार लगायतका निकायमा पदाधिकारी सिफारिस

२६ वैशाख, काठमाडौँ । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा पादधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले पदाधिकारी सिफारिसको निर्णय गरेको परिषद्का सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिनुभयो ।

गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको थिएन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बहिष्कार गर्नुभएको छ ।

लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि सदस्य पद खाली छन् । परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ ।

प्रकाशित मिति : May 9, 2021 at 11:51 am