९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

संवैधानिक परिषद्को बैठक जारी, अख्तियार, लोकसेवा लगायतका निकायमा पादधिकारी सिफारिस हुने

२६ वैशाख, काठमाडौँ । संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठक आज बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउनुभएको हो ।

गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको थिएन । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बहिष्कार गर्नुभएको छ ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई पद रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि सदस्य पद खाली छन् । यी सबै पदमा सिफारिस हुने अनुमान गरिएको छ ।

परिषद्मा प्रधानमन्त्री अध्यक्ष तथा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्ष दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ । अहिले उपसभामुखको पद रिक्त छ ।

प्रकाशित मिति : May 9, 2021 at 10:09 am