नुवाकोट तारकेश्वरका अध्यक्ष वस्तीले आफू चढ्ने गाडी स्वास्थ्य सेवामा प्रयोग गर्ने
२५ वैशाख, नुवाकोट । नेकपा एमालेका नेता एवं नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादु वस्तीले आफूले प्रयोग गर्दै आइरहेको सरकारी गाडी स्वास्थ्य सेवामा प्रयोग गर्ने हुनुभएको छ । उहाँले शनिबारदेखि नै उक्त गाडी स्वास्थ्य सेवाको काममा प्रयोगका लागि दिइसकेको जानकारी दैनिकीलाइ दिनुभयो ।
अध्यक्ष वस्तीले कोभिडको कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आफू चढिरहेको गाडी चढ्दा सहयोग पुग्ने भएकोले यस्तो निर्णय लिएको जानकारी दिनुभयो । उहाँले अब कोभिड संकट समाधान नहुँदासम्म उक्त गाडी स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिनुभयो ।
वस्ती तीनै व्यक्ति हुनुहुन्छ जसले भूकम्पपीडितको अनुदानको पैसामा भारत घुम्न जाने अवसर पाएर पनि जनताको कसम भन्दै नजाने निर्णय लिनुभएको थियो । जिल्लाका अन्य १० वटा पालिकाका प्रमुख उपप्रमुख नै भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार घुम्ने र मनोरञ्जन गर्ने काममा गए पनि उहाँले गलत काममा आफू सहभागी नहुने भन्दै अस्वीकार गर्नुभएको थियो ।
प्रकाशित मिति : May 8, 2021 at 8:20 pm



