९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवद्वारा पदभार ग्रहण

२४ वैशाख, गोदावरी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काका अनुसार प्रदेशप्रमुख यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले नेपालको प्रचलित कानून र संविधानको मर्म र भावनाबमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँ बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुग्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते तत्कालीन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : May 7, 2021 at 5:08 pm