केही दिनभित्रै काेराेना संक्रमितका लागि डोर टु डोर स्वास्थ्य सेवा सुरु हुन्छः सञ्चारमन्त्री गुरुङ
२४ वैशाख, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताउनुभएको छ । छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताउनुभएको हो ।
उहाँले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो “परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ । ”
उहाँले महामारीको समयमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिनुभयो । मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उहाँले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाईडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताउनुभयो । त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “कोभिडबाट सकियो अव केही छैन । अक्सिजन छैन । बेड छैन । सिलिण्डर छैन । आईसियु छैन । बेडको बारेमा अब तपाईहरुले चिन्ता नगर्नुहोस् । स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ । त्यसमा सम्पर्क गर्ने । ” उहाँले मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी नहुनपनि सक्ने उल्ल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सबैमा सन्तुलन नहुन सक्छ । सबै हामीले सोचे जस्तो समावेशी नहुन सक्ला तैपनि हामीले सबैको भावनालाई प्रतिनिधित्व हुनेगरि गरेका छौ । हामी विवाद रहित त कहिलेही पनि हुनसक्क्तैनौ ।”
जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार विक्रि गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्न्ुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यहरुमा सरकारले सबैसंग समन्वय गरेर जानुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : May 7, 2021 at 4:19 pm



