नेपालमा काेराेनाकाे नयाँ रेकर्डः पछिल्लाे २४ घण्टामा थपिए ९०७० संक्रमित
२३ वैशाख, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार याे संक्रमितकाे संख्या हालसम्मकै उच्च हो । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको हाे ।
२० हजार ३६७ जनाको पीसीआर र ७७५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९०७० संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेकाे छ ।
प्रकाशित मिति : May 6, 2021 at 5:28 pm



