९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक सुरु हुन लागेको एक नेताले जानकारी दिनुभयाे । बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : May 6, 2021 at 10:55 am