९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बिरामीमाथि लुट मच्चाउने ह्याम्स अस्पताल एक वर्षअघि नै छाडेको भगवान कोइरालाको स्पष्टोक्ति

२२ वैशाख, काठमाडाैँ । लोकप्रिय व्यक्तित्व डा भगवान कोइरालाले ह्यम्स अस्पतालसँग अाफ्नो कुनै साइनो नरहेको बताउनुभएको छ । दैनिकी लगायतका सञ्चारमाध्यममा डा कोइराल संलग्न अस्पतालले कोरोनाका विरामीमाथि लुट मच्चाएको समाचार प्रकाशित भएपछि उहाँले समाजिक सञ्जाल मार्फत त्यसको खण्डन गर्नुभएको छ ।

उहाँले करिब एक वर्षदेखि कुनै पनि निजी अस्पतालसँग संलग्नता नरहेको बताउनुभएको छ । उहाँले हाल मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्ज, TU, मा सेवारत रहेको स्पष्ट पार्नुभएको छ । उहाँले सत्यतथ्य बुझेरमात्र लेख्न र भन्न
आनुरोध समेत गर्नुभएको छ ।

कोइरालाको टिप्प्णी जस्ताको त्यस्तै तल हेर्न सक्नुहुन्छ ।

हालै मात्र सामाजिक सन्जाल मा मेरो नाम कुनै निजी अस्पताल संग जोडेर कमेन्ट हरू आएको पाएं । बिगत क़रीब एक बर्ष देखी कुनै पनि निजी अस्पताल मा मेरो कुनै संलग्नता नरहेको तथा हाल म मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्ज, TU, मा सेवारत रहेको स्पष्ट पार्दछु। सत्य तथ्य बुझेर मात्र लेख्न वा पोस्ट गर्न अनुरोध समेत गर्दछु।

प्रकाशित मिति : May 5, 2021 at 9:35 pm