अब विवाहका लागि पास नचाहिने, घाटमा जान मृत्यु दर्ता प्रमाणपत्र दिएपछि मात्र पास (विज्ञप्ति)
२२ वैशाख, काठमाडाैँ । अब काठमाडाैँमा घाटमा जान मृत्यु दर्ता प्रमाणपत्र दिएपछिमात्र सवारी पास पाइने भएको छ । थपिएको निषेधाज्ञा सम्बन्धी केही अस्पष्ट रहेको बुँदामा स्पष्ट पार्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैँले मृत्यु संस्कारका लागि पास माग्न मृत्युदर्ता प्रमाणपत्र वा वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने जनाएको छ ।
काठमाडाैँ उपत्यकमा प्रशासन कार्यालयले दोस्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरेपछि थप कडा प्रावधानहरू सार्वजनिक गरेको छ । प्रशासनले जारी गरेको सूचनामा निषेधाज्ञाको समयमा विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न दिने जनाएको छ ।

प्रकाशित मिति : May 5, 2021 at 9:20 pm



