९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

विदेशी पर्यटकलाई निर्वाध रूपमा काठमाडौँ फर्कन दिन गृह मन्त्रालयको परिपत्र

२२ वैशाख, काठमाडौँ । सरकारले विदेशी पर्यटकलाई निर्वाध रूपमा काठमाडौँ फर्कन दिन मातहतका निकायमा निर्देशन पठाएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गर्दै विदेशी पर्यटकलाइ काठमाडौँ फर्कनबाट नरोक्न निर्देशन दिएको छ । गृह मन्त्रालयको यस परिपत्रसँगै काठमाडौं उपत्यकाभन्दा बाहिर रहेका विदेशी पर्यटक निर्वाध काठमाडौं आउन सक्नेछन् ।

कोरोना महामारी नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञापछि पर्यटकले समेट हिड्डुल गर्न पाएका छैनन् । नेपाल भ्रमणमा रहेका पर्यटकलाइ सजिलो बनाइदिनका लागि सरकारले जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्दै सहजिकरणको पहल लिएको हो । पर्यटकको पासपोर्ट र भिसा हेरेर उनीहरुलाई काठमाडौं जाने अनुमति जिल्ला प्रशासन कार्यालयहरूले दिनसक्नेछन । अहिले नेपालमा १० हजार भन्दा बढी पर्यटकहरू रहेका छन ।

 

प्रकाशित मिति : May 5, 2021 at 7:40 pm