९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोनाका नाममा ह्याम्सको लुट धन्दा, एक रातको ५० हजार

२१ वैशाख, काठमाडौँ । धुम्बाराहीको ह्याम्स अस्पतालले कोरोना उपचारको नाममा लुट धन्दा मच्चाइरहेको छ । लुट मच्चाउने निजी अस्पताल ह्याम्समात्र भने होइन । केएमसी लगायतका अन्य अस्पताल पनि छन ।

ह्यम्सले कोरोनाको नाममा चर्को असुली गरेपछि सामाजिक सञ्जालमा समेत चर्को बिरोध भैरहेको छ । हुनत सोल्टी होटलको रूम भन्दा ह्यम्सको बेड महंगो भएको विषय यसअघि कोरोना संक्रमित पाइलटहरूको घटनाबाट पुष्टि भैसकेको छ ।

ह्याम्स अस्पतालले एउटा रुमको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । उक्त अस्पतालले ७ हजारदेखि ५० हजारसम्म एकै रुमको लिएको र त्यसरी लिएवापत कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको पीडितहरूले बताएका छन । ह्याम्समा पुगेका विरामी र तीनका आफन्तलाई प्रशासनले सिंगो स्वास्थ्य मन्त्रालय हाम्रो हातमा छ, तपाईहरु जहीँसुकै गएर उजुरबाजुर गर्नुस् भनी धम्की दिने गरेको गुनासो समेत आएक छ ।

ह्याम्स अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ । यो बेडको मात्र मूल्य हो । अन्य औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट भन्दै अन्य शीर्षकमा लाखौं असुल्ने गरिएको छ ।

ह्याम्स त्यही अस्पताल हो जसले अघिल्लो पटक कोरोनाको त्रास बढी रहेको समयमा इन अफ इज इन अफ भन्ने एउटा अभियान चलाएर सरकारविरूद्ध मिसन चलाएको थियो । उसले त्यस समयमा आफूसँग रहेको आरडिटी सक्नका लागि सबैभन्दा बढी आरडिटी परीक्षण गर्नुपर्ने भनेर माग राखेको थियो । ह्याम्स मालिक रामशरण भण्डारी स्वास्थ्य सामाथ्री सप्लायर्सको काम समेत गर्दछन ।

(यसअघि यस समाचारमा डा भगवान कोइरालाको नाम समावेश भएकोमा माफी चाहन्छाैँ । डा कोइराला एक वर्षअघि ह्याम्स अस्पतालमै रहेको कारण नाम राखिएकोमा उहाँले अस्पताल छाडेको स्पष्ट पारे लगत्तै नाम हटाइएको छ । त्यसबाट डा कोइरालामा पर्न गएको असुविधाप्रति क्षमा माग्दछाैँ- सम्पादक)

यो पनि पढ्नुहोस्

-कांग्रेस नेता सुनिल शर्माको अस्पतालमा कोरोना उपचार गर्न एक दिनको ३० हजार तिर्नुपर्ने

प्रकाशित मिति : May 4, 2021 at 10:47 pm