९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कांग्रेस नेता सुनिल शर्माको अस्पतालमा कोरोना उपचार गर्न एक दिनको ३० हजार तिर्नुपर्ने

२१ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले कोरोना संक्रमितिको उपचारका लागि सरकार रेटबाहेकको छुट्टै दस्तुर तोकेको छ । यद्यपी उसले स्वास्थ्य मन्त्रालयको सहमतिमा शुल्क तोकेको छ ।

अस्पताले कोरोनाको विरामीले उपचारका लागि १० हजारदेखि ३० हजार रूपैयाँसम्म शुल्क लिने सूचना निकालेको छ । अस्पतालले क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, डबल बेडको १० हजार, क्याबिन डिलक्सको २५ हजार र सुपर डिलक्सको ३० हजार शुल्क तोकेको छ ।

प्रकाशित मिति : May 4, 2021 at 9:13 pm