९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोना संक्रमण घटाउन कर्णालीमा निषेधाज्ञा थप

२१ वैशाख, काठमाडाैँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले यही वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा थपिएको आदेश जारी गरेको छ । प्रशासनले यसअघि वैशाख १४–२१ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारका निम्ति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 4, 2021 at 9:35 pm