९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बैतडीमा शव बाेकेकाे जिप दुर्घटना, ५ जनाकाे मृत्यु

२१ वैशाख, बैतडी । बैतडीको पञ्चेश्वर गाउपालिकामा शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । ४ जनाको घटनास्थलमै र चालकको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

मृत्यु हुनेमा चालक तेज भण्डारीसँगै पञ्चेश्वर गाँउपालिका वडा ६  का ३० वर्षीय डम्मरसिंह भण्डारी, ५० वर्षीय जितसिंह भण्डारी, २७ वर्षीय हिक्मत भण्डारी र ४० वर्षीय दिपक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारको लागि जिल्ल अस्पताल ल्याइदै छ । मंगलबार दिउसो से १ ज १८३ नं को जिप पञ्चेश्वर गाउपालिकाकै वडा नं ६ को गणमेश्वर मोडमा दुर्घटनामा परेको थियो । हिजो राती वडा नं ६ कै वडा सदस्य गोबिन्द सिह भण्डारीको मृत्यु भएको थियो । उनकै शव पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याउदै गर्दा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : May 4, 2021 at 5:11 pm