९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

निषेधाज्ञाबारे थप निर्णय गर्न आज उपत्यकाका सिडिओहरूको बैठक बस्दै

२१ वैशाख, काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि आज उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । काठमाडाैँ उपत्यकामा कोरोना संक्रमणदर तीव्र हुँदै गएपछि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । आज बस्ने बैठकले निषेधाज्ञा फेरि एक साता थप गर्ने तयारी गरेकाे छ । साथै बैठकले काठमाडौँ उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेकाे छ ।

 

प्रकाशित मिति : May 4, 2021 at 12:56 pm