स्वास्थ्यकर्मी र कर्मचारीलाई पुनः ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा
२० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई पुनः ५० प्रतिशत भत्ता दिने घोषणा गर्नुभएको छ । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोनाको उपचारमा संलग्न हुने स्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने जानकारी दिनुभयो । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षसम्म करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
यो पनि पढ्नुहोस्
-नागरिकलाई खोप दिनेमा नेपाल दक्षिण एशियामै दोस्रो (प्रधानमन्त्रीको सम्बाेधनको पूर्णपाठ)
प्रकाशित मिति : May 3, 2021 at 4:27 pm



