विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन राष्ट्रपतिको आग्रह
२० वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगत्लाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
प्रकाशित मिति : May 3, 2021 at 1:53 pm



