२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

कांग्रेस र माओवादीले दाबी गरेका दुई सांसदको समर्थन मुख्यमन्त्री पोखरेललाई

२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्नो भनेर दाबी गरेका दुई जना सूर्य ध्वजाबहाक सांसदले मुख्यमन्त्री शंकर पोखरेल नै आफ्नो दलको नेता रहेको बताउनुभएको छ । सोमबार एक विज्ञप्ति प्रकाशन गरी सांसदद्धय धर्मबहादुरलाल श्रीवास्तव र अजय शाहीले आफ्नो नेता शंकर पोखरेल नै रहेको बताउनुभएको छ । उहाँहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले संंसदीय दलप्रति प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ ।

यसअघि उहाँहरूको नाममा कांग्रेस र माओवादीका सांसदले अनसन र धर्नाको नाममा रमिता प्रस्तुत गरेका थिए । सूर्य चिन्ह लिएर प्रदेशसभामा निर्वाचित भएका दुबै सांसद आफ्नो भएको भन्दै माओवादी र कांग्रेसका पदलोलुपहरूको झुण्डले मुख्यमन्त्री बनीपाउँ भन्दै प्रदेश प्रमुखको कार्यालयमा विन्तीपत्र चढाएको थियो ।

संविधान र कानुनले नमिल्ने कुरामा अनावश्यक दाबी गर्दै कांग्रेस र माओवादीका पदका निम्ति भोकाएका लुम्बिनी प्रदेशको कार्यकर्ताको प्यास मेटाउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति नै जारी गर्नुभएको थियो ।

प्रकाशित मिति : 12:44