शपथ लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा मन्त्रिपरिषद् विस्तार
१९ वैशाख, बुटवल । शपथ लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझै दुई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ ।
मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई नियुक्त गरि सपथग्रहण गराउनुभएकाे छ । चौधरी यसअघि भौतिक पुर्वाधारमन्त्री हुनुहुन्थ्याे । रिजाल भने नयाँ हुनुहुन्छ ।
प्रकाशित मिति : 21:28









