लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए शपथ, साथ दिने ४२ सांसद यी हुन
१९ वैशाख, वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनियताकाे सपथ लिनुभएको छ । आज दाेश्राेपटक मुख्यमन्त्री नियुक्त हुनुभएपछि एमाले संसदीय दलका नेता पाेखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गाेपनियताकाे सपथ गराउनुभएको हो ।
सरकारको मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरि धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिनुभएको थियो । मुख्यमन्त्रीको राजिनामा पछि लुम्बिनीको राजनितिक जोडघटाउ छिनछिनमै फेरिएको छ ।
हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाकाे हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । एमालेको संसदीय दलका सदस्य रहेका ४२ जना सांसदहरको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 20:22









