९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नुवाकोटमा वैशाख २१ देखि २७ गतेसम्म निषेधाज्ञा

१९ वैशाख, नुवाकाेट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बैशाख २१ गते बिहान ४ बजेदेखि एक साताकाे लागि निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सङ्कट व्यावस्थापन केन्द्र (सिसिएमसी)बैठकको सिफारीस अनुसार वैशाख २७ गतेसम्म निषेधाज्ञा जारी गर्न लागिएकाे प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले जानकारी दिनुभयाे ।

निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य वस्तु, तरकारी खरिद जस्ता अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : May 2, 2021 at 8:07 pm