९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न पाइने

१९ वैशाख, काठमाडाैँ । काठमाडौँ उपत्यकामा खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान मात्रै खोल्न पाइने भएकाे छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने भन्दै विहानकाे समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको हो ।

आजको बैठकले विहानकाे समयमा मात्रै खाद्यान्नका पसल र डिपार्टमेन्टल स्टोरहरू खोल्न दिनेबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्कर्षमा पुगेको भन्दै यसबारे भोलि पुनः बैठक बसेर निर्णय लिइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

हाल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म त्यस्ता पसल खोल्न दिइँदै आएको छ ।

प्रकाशित मिति : May 2, 2021 at 7:59 pm