लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
१९ वैशाख, वुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले विशेष अधिवेशन अन्त्य गर्नुभएको छ ।
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले भने आइतबार दिउँसो १ बजेको बैठक अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयबाट पत्र आइसकेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : 13:29









