नेकपा एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक, केहीबेरमा बालुवाटारमा बस्दै
१९ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)ले स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटार बस्ने गरी आकस्मिक रूपमा बैठकको खबएर आएको जना स्थायी कमिटीका सदस्यले जानकारी दिनुभयो ।
१ बजेपछि बस्ने बैठकमा सहभागी हुन नेताहरू बालुवाटार पुग्न थाल्नु भएको छ । आजैमात्र लुम्बिनी प्रदेशमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका शंकर पोखरेलले राजिनामा दिनुभएको थियो । लुम्बिनी प्रदेशको संसदीय दलले उहाँलाइ पुन मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।
स्थायी कमिटी बैठकमा महत्वपूर्ण राजनीतिक एजेण्डाका साथै कोरोना महामारी नियन्त्रणाका लागि सरकारलाइ केही सुझाव दिने विषयमा छलफल हुनेछ । आजै एमाले स्थायी कमिटी बैठक सकिएपछि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रकाशित मिति : 13:09









