९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

एमाले नेता एवं विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामा सिकिस्त

१८ वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेता एवं नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लमा कोरोनाका कारण सिकिस्त हुनुभएको छ । लामाका भान्दा एवं एमाले नुवाकोटका युवा नेता वीरबल तामाङले सामाजिक सञ्जाल मार्फत लामाको स्वास्थ्य निकै जटिल रहेको जानकारी दिनुभएको छ ।

तामाङले भन्नुभएको छ‘मेरो मामा अनि श्रदेय नेता कमानसिङ लामा हप्ता दिन देखि सिकिस्त बिरामी हुनु भै मनमोहन हस्पिटल स्व्याम्भु मा उपचारर्थ हुनु हुन्छ उहाको निम्ति प्रार्थना गर्दै सिघ्र स्वास्थ्यालाभको सुभकामन ब्यक्त गर्द्छु।’

लमाको अहिले स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । उहाँ सातदिनदेखि कोरोनका कारण सिकिस्त बिरामी हुनुभएको छ । लामा केही समयअघि एमालेमा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति : May 1, 2021 at 10:38 pm