९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

दाङको तुलसीपुरमा कारभित्र तीन शिशु मृत फेला

१८ वैशाख, तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् ।

उनीहरुलाई अहिले राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो । शिशु मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।

प्रनाउ सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत शिशु रहेको पाइएको हो । मृत शिशुको पहिचान खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : May 1, 2021 at 10:25 pm