२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सांसदहरू पदमुक्त हुन नसक्ने भन्दै जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

१७ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर गैरकानुनी कामकाविरूद्धमा निर्वाचन आयोग पुग्नुभएको छ । लुम्बिनी प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गैरकानूनी भन्दै ध्यानकर्षणपत्र लिएर अध्यक्ष ठाकुर आफैं आयोग पुग्नु भएको हो । उहाँले गैरकानूनी पत्रलाई आधार मानी कुनै पनि काम कारवाही अघि नबढाउन लिखित आग्रह गर्नुभएको छ ।

ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक २०७७ पुस ७ गतेपछि हालसम्म नबसेको भन्दै लुम्बिनी प्रदेश सचिवालयको सूचनापत्रमा उल्लेखित चार सांसदको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : 19:38