९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेपालमा थप ५,७२७ जनामा काेराेना संक्रमण, ३३ जनाको मृत्यु

१७ वैशाख, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५,३९१ पीसीआर परीक्षण गर्दा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८,८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३,१८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१,९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३,२८९ पुगेको छ ।

प्रकाशित मिति : April 30, 2021 at 4:22 pm