काँग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै
१७ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएका छन् । कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको हुन । देउवाले पत्रकार सम्मेलनमार्फत् १४ औं महाधिवेशन, अन्य समसामयिक विषयमा पनि धारणा सार्वजनिक गर्ने बताइएको छ ।
प्रकाशित मिति : April 30, 2021 at 12:40 pm



