खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि
१७ वैशाख, काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा थापामा काेराेना संक्रमण पुष्टि भएको हो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी होम आइसोलेसनमा बसेकाे उनको सचिवालयले जनाएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
प्रकाशित मिति : April 30, 2021 at 11:49 am



