९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

कांग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

१५ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो। मंगलबार केन्द्रीय सदस्यहरू र कर्मचारीहरूको पिसिआर परीक्षण गरेको थियो।

पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।

 

प्रकाशित मिति : April 28, 2021 at 12:03 pm