दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउनकाे घोषणा
१४ वैशाख, दाङ । दाङमा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण बढ्दै गएकाले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट प्राप्त सुझावका आधारमा लकडाउनसम्बन्धी निर्णय हाे ।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घराज पौडेलले १७ गते बिहान ६ बजेदेखि सुरु हुने जिल्लाव्यापी लकडाउन २५ गते बेलुका ६ बजेसम्म कायम रहने जानकारी दिनुभयाे । उहाँले अत्यावश्यक वस्तुका लागि बिहान ७ देखि ८ बजेसम्म मात्र पसल खोलिने बताउनुभयाे ।
प्रकाशित मिति : April 27, 2021 at 6:03 pm



